अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

रचनाकार राम लामा अविनाशीको म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७३ चैत १० गते १३:५७ मा प्रकाशित

बिआरटि नेपालका सहकर्मी राम लामा अविनाशीको ” मेरो बदनामा गर्न”नामक गीतको भिडियो सार्वजनिक भएको छ । लामो समय देखी विभिन्न समसामयिक विषयका लेख प्राकासित गरेर कुशल लेखकमा स्थापित भई सक्नुभएका अविनाशीको यो पहिलो म्युजिक भिडियो हो ।

कर्णप्रिय स्वरका धनी गायक एंव सङ्गीतकार यम बरालको गायन र सङ्गीत रहेको यो गीतमा राजेन्द्र चापागाँई , सिरू विष्ट र प्रीति मोक्तानको शस्क्त अभिनय रहेको छ । भावनात्मक शब्दले भरिएको यो गीतमा शङ्काले गर्दा आत्मीय सम्बन्धमा कसरि दरार आउँछ भन्ने कुरालाई देखाईएको छ । 

दीपेश दाहालको निर्देशान् रहेको यो म्युजिक भिडियोमा शिव पंगेनिको मुख्य छायाङ्कन रहेको छ भने अमेरिकाको छायाङ्कन शङ्कर वाग्लेको रहेको छ । यसै गरी, सम्पादन भुपेन्द्र अधिकारीको र कलर समायोजन रेनिश फागोको रहेको छ ।

रेड् कलर स्टुडियो पानीपोखरीको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त गीतको युट्युब प्रवर्द्धन द स्काइज मुभिजले गरेको हो ।

रचनाकार लामाका दर्जनौं कविताहरू समेत विभिन्न पत्रपत्रीकामा प्रकाशित भई सकेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टी हुनुहुन्छ भने एन आर एन को नेपाली भाषा तथा साहित्य कार्यदलको बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ । नेपाली कला, भाषा र साहित्यलाई अतिनै माया गर्ने भएको ले अनेसास राम लामा पुरस्कारको पनि स्थापना गर्नु भएको छ । जुन गत वर्ष अनेसास नेपाल च्याप्टरले सगौरव हाँसिल गरेको थियो ।

प्रतिक्रिया