अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

पाँचौ ‘जुनियर ब्याटर-२०१७’ हुने

बिआरटीनेपाल २०७३ चैत ३ गते ७:४१ मा प्रकाशित

पाँचौ ‘जुनियर ब्याटर–२०१७’ आयोजना हुने भएको छ । आयोजक मिडिया ल्याण्डले बिहिबार एक बिज्ञप्ती मार्फत प्रतियोगीताको जानकारी गराएको हो ।

राजधानीमा हालै आयोजित एक कार्यक्रममा प्रतियोगीताको लागि ७३ प्रतियोगी समेत छानिएका छन् । लिटिल एन्जलस, न्यु मिलिनिय, नाइटेङ्गल, भिएस एन्जलस वल्र्ड लगायतका बिभिन्न दश स्कुलका ५०० भन्दा बढि बिद्यार्थीबाट यी प्रतियोगी छानिएका हुन् ।

छनौट चरणको जर्जमा प्रसंसा श्रेष्ठ गायिका, सुमन सागर केसी कोरियोग्राफर, निस्मा चौधरी मिडिया पर्सन रहेका थिए । बिगतका बर्षमा जुनियर र सिनियर दुई क्याटवरीमा ‘जुनियर ब्याटर’ आयोजना गर्दै आएको मिडिया ल्याण्डले यस बर्षबाट ‘जुनियर ब्याटर एन्जलस्’,‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’ र ‘ जुनियर ब्याटर किङ एण्ड क्विन’ गरी तीन क्याटवरीमा आयोजना गर्दैछ । बिद्यार्थीको कक्षा अनुसार उनीहरुलाई तीन क्याटवरीमा बिभाजन गरिने आयोजकले जनाएको छ ।

अन्तिम स्पर्धाको प्रतियोगीले चैत्र १९बाट १५ दिनको बिभिन्न प्रशिक्षण लिनेछन् । प्रशिक्षणका क्रमम रनिङ, रेसलिङ, प्रिन्टिङ, लगायत बिभिन्न ब्याटरसँगै उनीहरुलाई पर्सनालिटि डेभलपमेन्ट, लिडरसिप, स्पिकलगायतका प्रशिक्षण दिइने आयोजक मिडिया ल्याण्डले जनाएको छ ।

प्रसंसा श्रेष्ठ र स्वस्थिका राजभण्डारीको कोरियोग्राफी रहेन प्रतियोगीताको अन्तिम स्पर्धा आगामी बैशाख १ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुनेछ ।

प्रतियोगीले बिभिन्न शिर्षकमा उपाधिका साथमा अन्तराष्ट्रिय बिभिन्न सौदर्य प्रतियोगीताका नेपालको प्रतिनिधित्व गर्ने अवसर र उपहार समेत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया