अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

दीपेन्द्र रोकायालाई विद्यावारिधि उपाधि

बिआरटीनेपाल २०७३ चैत २ गते ७:२० मा प्रकाशित
पत्रकार दीपेन्द्र रोकायाले त्रिभुवन विश्व विद्यालय कीर्तिपुरबाट राजनीतिशास्त्र विषयमा ‘नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापनमा वैदेशिक सहयोगको प्रभाव’ शिर्षकमा विद्यावारिधि उपाधि पाएका छन् ।  । हुम्ला जिल्लाको रोडिकोट, ३ रादेउ गाउँमा  जन्मेका रोकायाले  गत माघ २४ गते त्रि.वि. शोध मुल्याङ्कन समिति  समक्ष आफ्नो  शोध प्रस्तुत गरेका थिए । आवश्यक सबै प्रक्रिया सम्पन्न गरेकाले वुधवार उनले विद्यावारिधि उपाधि पाएका हुन् ।
चर्चित पुस्तक नाफाको जिन्दगी, खस–ब्यासी–थपाल्याको नलेखिएको इतिहास, लिपुु लेकः भ्रम र यर्थाथ (संयुक्त) जस्ता पुस्तकका लेखक समेत रहेका क्रान्तिकारी पत्रकार दीपेन्द्र रोकायाले संवाद डवली प्रेस क्लव, जनदिशा राष्ट्रिय दैनिक, जनादेश साप्ताहिक, रेडियो जनगणतन्त्र नेपाल जस्ता एक दर्जनभन्दा बढी पत्रपत्रिकामा सम्पादक भई कार्य सम्पादन गरिसकेका छन् ।
यसका साथै राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्य, न्युनतम पारिश्रममिक निर्धारण समिति सदस्य समेत भई काम गरेका रोकायाले राजनीतिशास्त्रका साथै ग्रामिण विकासमा एमएम गरेका छन् ।
हाल अलनाइन डवली, जनधारणा साप्ताहिकलगायत पत्रपत्रिकामा लेख र विभिन्न सामाजिक संघ संस्थाको मुल्याङ्कनकर्ताको रुपमा काम गर्दै आएका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय