अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

सुजताले चुमिन् नृत्य प्रतियोगिताको उपाधि

बिआरटीनेपाल २०७३ फागुन २६ गते ९:१९ मा प्रकाशित

स्कुल स्तरिय नृत्य प्रतियोगिताको उपाधि कौस्तुभ एकेडेमी पुरानो सिनामंलकी सुजता खवासले चुमेकी छन् । टु ड्रप्स स्कुल स्तरिय एकल नृत्य प्रतियोगितामा उनले उक्त उपाधि चुम्न सफल भएकी हुन् ।

काँडाघारी स्थित अक्षरा स्कुलमा सम्पन्न भएको प्रतियोगितामा नेपाल तारा स्कुल छाप्रोकी हर्षिका लिम्बु द्वितिय र अक्षरा स्कुल खहरेकी स्पर्शि मैनालीले तृतिय स्थान चुम्न सफल भएका छन् ।

चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अन्तिम स्पर्धाको निर्णयकमा राजेश बाँडे, विवेक लामा र सपना राई रहेका थिए ।

केही समय अघि दिवङ्गत भएका गायक यमोबुद्धको सम्झना गरी शुरु भएको कार्यक्रममा शुरशाला आईडियल जुनियर टप फाँइबमा पर्न सफल आयुष केसी, सुजल नेपाललाई पनि सम्मान गरिएको थियो ।

प्रशन्न रिमालको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रम सृजना फिल्मले आयोजना गरेको थियो भने टु ड्रप्स व्याण्ड सह आयोजक रहेको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुतीले थप रोक बनेको थियो ।

प्रतिक्रिया