अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

सहमतीबिना स्थानीय निर्वाचन असम्भव – सुजाता कोइराला

बिआरटीनेपाल २०७३ फागुन २६ गते २:५६ मा प्रकाशित

नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले राष्ट्रिय सहमतीबिना स्थानीय निर्वाचन सम्भव नभएको बताएकी छन् । रफत सञ्चार क्लवमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सबै दलको सहमति नभई घोषणा गरिएको निर्वाचन सम्भव नभएको बताएकी हुन् ।
उनले भनिन् तीन दल मिल्नुको वि कल्प छैन,सबै दल मिलेर चुनावमा जानु पर्छ । दलहरुबीचको मतभेदका कारण समस्या आएकाले राष्ट्र कमजोर भएको हो ।

सबैभन्दा ठूलो राष्ट्र भएकाले राष्ट्र कमजोर बनाएर कोही पनि माथि पुग्न नसक्ने भन्दैै कोईरलाले दलहरुबीच बारम्बार झगडा गर्ने, समस्या ल्याउने र कुनै न कुनै बहानामा झगडा बनाइराख्ने कारण नेपालको अन्तराष्ट्रिय बदनाम भएको बताईन् ।सबैले संमयता र धैयता गरेर निर्वाचनमा जानुपर्नेमा उनको जोड छ ।

मधेशी मोर्चाको संविधान संशोधनको मागलाई कही कतै संमावेश गर्न आवश्यक भएपनि पूर्ण रुपमा सबै कुरा एकैचोटी संविधानमा समावेश गर्न नसकिने भन्दै उनले मधेशी मोर्चाबिना निर्वाचन गए अशान्त हुने र मधेशमा रक्तपात हुने भएकाले मधेशी मोर्चालाई समेटेर मात्र निर्वाचनमा जानुपर्नेमा जोड दिर्दै मधेशी मोर्चाबिनाको निर्वाचन सम्भव नभएको पनि बताईन् ।

उनले सप्तरी काण्ड घट्नुको मुख्य कारण सरकारको कमजोर सुरक्षा नीतिकै कारण भएको बताउँदै सरकारको बच्चापनले यस्तो समस्या आएको उल्लेख गरेकी छन् । कुनै पनि पार्टीले शान्तिपूर्ण सभा समारोह गर्न पाउने बताउँदै एमालेका नेता कार्यकर्तालाई कांग्रेसका कार्यकर्ताले संरक्षण गरेर जोगाएको दावी समेत उनको छ ।

सप्तरी काण्डले नेपालको अन्तराष्टिय क्षेत्रमा बदनामी भएको भन्दै आगामी दिनमा यस्ता घटना घट्न दिन नहुने धारणा उनको छ ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले नेपाल अहिले सम्मकै कुटनीतिमा कमजोर भएको बताईन् । राष्ट्रिय राजनीतिमा कुनै पनि पार्टीमा छलफल हुने नगरेको भन्दै कांग्रेसमा समेत छलफलको अभाव हुने गरेकोे कोईरालाले बताईन् ।

तत्काल सरकार परिवर्तनले कुनै निकास नदिने र सरकार गठन विघटन भन्दा राष्ट्रिय राजनीतिको समस्या हल गर्न सबै लाग्नुपर्ने साथैे कोही पनि ब्यक्तिगत स्वार्थमा नलागी राष्ट्रको विषयमा सोच्नुपर्ने उनले बताईन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू