अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०३ | Colorodo: 21:18

गोविन्दले युएईमा नचाए निता ढुंगाना र जियानलाई

बिआरटीनेपाल २०७३ फागुन २५ गते ४:२५ मा प्रकाशित

चलचित्र ‘रेश’ को छायांकनको लागी यतिवेला चलचित्र युनिट युएईमा छन् । चलचित्रमा रहेको दुई वटा गीतको छांयाकनका लागी चलचित्रका नायक विसाल रेग्मी ‘जियान’ तथा नायीका निता ढुगांना तथा चलचित्रका नृत्य निर्देशक गोविन्द राई लगायतको टोली युएई आएको हो ।

माता पाथीभरा फिल्मस् प्रालीको ब्यानरमा तयार हुन लागेको चलचित्रका निर्देशक किसोर सुब्बा हुन् । सुब्बाले यसअघि खुर्पा, खुकुरी, मिसन नेपाल लगाएतका चलचित्र निर्देशन गरीसकेका छन् । एक सातादेखी चलचित्रको दुई गीत युईएको विभिन्न रमणीय स्थानहरुमा छायांकन भईरहेको चलचित्रका नृत्य निर्देशक बसन्त राईले जानकारी दिए ।

आनन्द कार्कीको संगीत रहेको गीतमा चलचित्रमा रहेको गीतमा अन्जु पन्त, दिप राजन, सुजता उपाध्याय, नारायण, लगायतको स्वर रहेको छ । छायांकन यसअधि नै सकिएको भएपनि गीत भने अहिलेमात्र सुटिङ भएको हो ।

प्रतिक्रिया