अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

‘ब्ल्याक डायरी’  बैशाख २२ बाट

बिआरटीनेपाल २०७३ फागुन २३ गते ९:४१ मा प्रकाशित
क्याट भिजन प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण गरीएको चलचित्र ब्ल्याक डायरी यहि बैशाख २२ बाट प्रदर्शनमा आउने भएको छ । खासगरी अहिलेको पुस्तालाई लक्षीत गरी निर्माण गरिएको चलचित्र ब्ल्याक डायरीमा बाइक स्टन्ट समेत राखिएको कुरा चलचित्रका निर्माता अनोज अधिकारीले बताए ।
चलचित्रका निर्देशक सुजन घिमिरे हुन् । चलचित्रको आलेख पत्रकार सविन शाक्यले लेखेका हुन् । ब्ल्याक डायरीमा रमेश सिंह ठकुरी र पुजा भट्ट नवकलाकारको रुपमा छन् भने चलचित्रमा भुवन केसी, शुभेच्छा थापा, बालदीप राई, पवन कार्की, निकिता शाही, आदीको अभिनय रहेको छ ।
शेर बहादुर लामाको छायांकन रहेको ब्ल्याक डायरीमा राजु शाहको नृत्य निर्देशन एवं शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ । निर्माता अनोज अधिकारीका अनुसार ‘ब्ल्याक डायरी’ मनोरञ्जक कौतुहलपुर्ण, बाइक स्टन्ट तथा प्रेम कथाको चलचित्र रहेको बताए ।

 

प्रतिक्रिया