अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९
| Colorodo: 05:14
नेपाली सांगीतिक क्षेत्रमा राम्रो गायक छवि बनाएका नारायण धितालको नयाँ गीत ‘देखे तिमीलाई’ म्युजिक भिडियो सहित बजारमा आएके छ । हाल बेल्जियम रहंदै आएका गायक धितालले लामो समय पछि आफ्नै शब्द ,संगीतमा ‘देखे तिमीलाई’ बोलको गीत बजारमा ल्याएका हुन् ।
स्कटल्याण्डको रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई दीपेश रेग्मीले निर्देशन गरेका हुन् भने भिडियोमा अञ्जना घले र सुवास सापकोटाको अभिनय रहेको छ ।
२०६० र २०६७ सालमा गरि दुई वटा आधुनिक गीतको एल्बम निकालेका धितालको ‘अरब जाँदै छु’ बोलको गीत तयो समय निकै चर्चामा रहेको थियो ।