अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

‘मिस नेपाल पिस-२०७३’को उपाधि सक्षम थापा मगरलाई

बिआरटीनेपाल २०७३ फागुन २० गते ७:५७ मा प्रकाशित

‘मिस नेपाल पिस २०७३’को उपाधि ललितपुर नसिङ कलेजकी १९ बर्षीया छात्रा सक्षम थापा मगरले जितेकी छन् । उनले २७ प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी हुन् ।

बिजेता थापाले उपाधिका साथमा नगद रु ५०,०००, नेपाल बेष्ट क्यान्सर फाउन्डेसन सेवाको गुडबिल एम्बसेडर लगायत बिभिन्न अवसर उपहार स्वरुप प्राप्त गरिन् ।

‘सशक्त महिला सवल राष्ट्र’ नाराका साथ नेपाल बेष्टक्यान्सर फाउन्डेसनको सहकार्यमा नेक्स्ट मोडल्स् नेपालले बिहिबार राजधानीको आर्मी अफिसर्स क्लवमा आयोजित प्रतियोगीतामा सपना छन्त्याल फष्ट रनरअफ र एरी श्रेष्ठ सेकेन्ड रनरअफ घोषित भए । फष्टरनर अफ र सेकेन्ड रनर अफले उपाधिका साथमा क्रमश ३०,०० र २०,००० र बिभिन्न उपहार जिते ।

बिभिन्न उप शिर्षकमा नेप्सकोस ब्युटिविथ ब्रेन सनम थापा मगर, नोवल मोष्ट ट्यालेन्ट सपना छन्त्याल, ग्याट्रो बेष्टपर्सनालिटी एनी श्रेष्ठ, लुजा मोष्ट चार्मिङ स्वतलाल गुप्ता, आवरण बेष्टस्क्रिन निशा राई, बेष्टनसिङ बेष्टड्रेस थिम सबिना लामा, पब्लिकच्वाई अवार्ड निरुसा खड्का, मिस फोटो जेनिक निसा पाण्डे, बेष्टवाक शोनम डाल्मा शेर्पा, मोष्टडिसिप्लेन सुनम, स्प्यारो मोष्ट पपुल एलिसा डङ्गोल, सोसियल सिप रेस्पन्सिबल रोजी श्रेष्ठ बिजेता धोषित भए ।

नेपाल प्रसुती गृहकी पुर्व निर्देशक डा.शिला बर्मा अतिथि रहेको कार्यक्रममा नेपाल चिकित्सक महासंघको महासचिव लोचन कार्की प्रमुख निर्णायक रहेक िथिइन् । कार्यक्रममा डा.सुजिता हिराचन्द, डा.संध्या चापागाई, पुर्व मिस नेपाल उषा खड्का, फोटोग्राफर राजभाई सुवाल, निर्देशक दिपक श्रेष्ठ लगायत निर्णायमा रहेका थिए ।

कार्यक्रम बिभिन्न सांगीतिक तामझाका साथ आयोजना भएको थियो । चौथो संस्करणमा आएर ‘मिस नर्स नेपाल’ मिस नेपाल पिसको नामबाट आयोजना भएको हो । यसका बिजेताले ‘मिस वल्र्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्न पाउने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।

प्रतिक्रिया