अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

निर्देशक शोभित बस्नेत नयाँ चलचित्र ‘बाबू-कान्छा’ बनाउँदै

बिआरटीनेपाल २०७३ फागुन १९ गते ७:५८ मा प्रकाशित
निर्देशक  शोभित बस्नेतले नया चलचित्र निर्माण गर्ने भएका छन् । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुन लागेको नया चलचित्रको नाम भने “बाबू-कान्छा” राखिएको छ  ।चलचित्रमा मुख्य कलाकारको रुपमा सलोन बस्नेत रहने छन् भने अन्य कलाकारको फाईनल केहि दिन भित्रै हुने निर्देशक  शोभित बस्नेतले जानकारी दिएका छन् ।फिल्ममा अर्का प्रमुख कलाकार भने निर्माता तथा कलकार सुनिल रावल हुनेछन ।
बिहिबार फिल्मको एक गितको रेकर्डिङ गर्दै फिल्म “बाबु- कान्छा” को   प्रीपोडक्सनको काम सुरि गरिएको छ ।बिहिबार युवा संगीतकार टंक बुढाथोकीको संगीत र चर्चित र अहिलेका संगीत पारखिका ढुक्ढुकी गायक कमल खत्रीको स्वरमा   “छाई सक्योउ आखामा तिमि ” बोलको गित बाट फिल्मको सुरुवात गरिएको छ । चलचित्रको अर्को गीतमा ओम सुनवार संगीत रहने छ ।
 
लामो समयको ब्रेक पछि सोभितले पुन चलचित्र निर्माण गर्न लागेका हुन आफ्नो पछिल्लो चलचित्र “टिचर” को प्रदर्शनको  र शो को कारणले ब्यस्त रहेका शोभितले निकै मेहेनत पछि यो फिल्म बनाउन लागेको उनले बताए ।
 
फिल्ममा नेपाल र दुवइ  फ्रेश लोकेसन हेर्न पाउने छन । आफ्नै ब्यानरमा निर्माण गर्न लागिएको यस फिल्मको बजेटको बारेमा कुरा गर्दा उनले रमाईलो गर्दै भने “अरुले यो प्रोजेक्टको लगानी डेढ करोडमा पनि सक्दैनन तर म यो प्रोजेक्ट ७५ देखि ८० मा तयार पार्छु ” । यस चलचित्रमा कार्याकरी निर्माता भने चलचित्र पत्रकार एबम निर्माता रबि अधिकारी रहेका छन । उनले यस अघि फिल्म पन्चायत निर्माण गरेका छन , जुन चलचित्र प्रदर्शनको  क्रममा रहेको छ ।
प्रतिक्रिया