अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

लूट-२ का हिरो सुशिल राज पाण्डे ‘मुशलधारे पानी’मा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन १८ गते २:३६ मा प्रकाशित

१३ गते अल नेपाल रिलिज भएको लूट २ ले राम्रै सफलता हात पारेसनँगै यसका सबै पात्रहरुको पनि ब्यस्तता बढ्दै गएको छ् । यस्तैमा नायक नायिकाहरु भने म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन । यसै क्रममा लूट २ का एक नायक रहेका सुशिल राज पाण्डेद्वारा अभिनित एक म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । टेलीभिजन र यु ट्युबबाट पनि रिलिज भएको उक्त उक्त गीतमा भने उनी बिरामी नै हुने गरी पानीमा भिजेका छन ।भिडियोमा उनीसँगै नेवारी फ्लिमकी नायिका रहेकी दिपमाला महर्जनले साथ दिएकी छिन भने अर्का एक नव मोडेल बिकेश श्रेष्ठको पनि अभिनय पनि देख्न पाईन्छ ।

भिडियोमा यल्सा खड्काको कोरियोग्राफी रहेको छ । सिनेम्यटोग्राफर ज्ञानेन्द्र शर्मा रहेका छन भने यस् भिडियोलाई उज्ज्वल ढकालले इडीटिङ गरेका छन । किर्तिपुर लगयत काठमान्डौंको बिभिन्न मनोरम ठाँउहरुमा शुटिङ गरिएको उक्त म्युजिक भिडियोलाई संचारकर्मी सरोज श्रेष्ठले निर्देशान गरेका छन ।

प्रतिक्रिया