अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 16:03

‘मिस नेपाल पिस’का सुन्दरीको ‘ट्यालेन्ट शो’

बिआरटीनेपाल २०७३ फागुन १६ गते ४:०९ मा प्रकाशित

सौन्दर्य प्रतियोगीता ‘मिस नेपाल पिस २०७३’का प्रतियोगी सुन्दरीले ट्यालेन्ट शो गरेका छन् । राजधानीको ग्वार्काे स्थित किष्ट मेडिकल कलेजमा सोमबार आयोजित ‘ट्यलोन्ट शो’मा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो ट्यालेन्ट प्रदर्शन गरे ।

नेक्स्ट मोडल्स नेपालको आयोजना रहेको स्वस्थ्यसँग सम्बन्धित यो एक मात्र सौदर्य प्रतियोगीता हो । ट्यालेन्ट शोमा डा.सुजाता हिराचन्द (अध्यक्ष नेपाल बेष्ट क्यान्सर फाउन्डेसन), दीपक घिमिरे (मोडल), दीपक श्रेष्ठ ( चलचित्र निर्देशक), पदमराज जोसी (समाजसेवी¬) निर्णायक रहेका थिए ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको प्रतियोगीता नसिङ पेसा रहेका, अध्यायन गरिरहेका युवतीहरुका प्रतिभा निखार्ने उदेश्यले आयोजना गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।

प्रतियोगीले अन्तिम स्पर्धाका लागि संन्चारकला, बिकाश मोटिभेसन, लिडरसिप ,डेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेका छन् । प्रतियोगीका प्रशिक्षकको डा. आयुसमान घिमिरे, डा. संध्या चापागाइ, डा. सुजिता हिराचन, अनिल केसरी शाह लगायत रहेका छन् ।

यहि १९ गते अन्तिम स्पर्धा हुने प्रतियोगीताका उपाधिका साथमा बिभिन्न अवसर र गिप्ट उपहनारका रुपमा जित्न सक्नेछन् । अन्तिम स्पर्धा इमेज च्यानल टेलिभिजनले प्रत्येक्ष प्रसारण गर्नेछ ।

प्रतिक्रिया