अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

डीजाइनर उत्तम बनेपाली प्रस्तुत हुँदै ‘फेसन ट्रेन्ड्स-२०१७ पोखरा’ मा

बिआरटीनेपाल २०७३ फागुन १२ गते २३:०२ मा प्रकाशित

नेपालका चर्चित फेसन डीजाइनर उत्तम बनेपाली पाँच बर्षको लामो अन्तराल पछि आफ्नो डिजाईनहरु “ फेसन ट्रेन्ड्स २०१७ पोखरा “ मार्फत प्रस्तुत गर्दैछन ꘡ धरानबाट आफ्नो फेसन यात्रा सुरुवातगरि देश ( विदेशमा उत्तिकै चर्चित उत्तम बनेपालीले यसपाली आफु संगै आफ्नो फेसन इनस्ट्टीच्युट सेन्ट्रल फेसन हबका दुइ बिधार्थीहरु इशु मगर र अन्जना श्रेष्ठको डिजाईनलाइ समेत र्याम्पमा उतार्दैछन ꘡

ट्रेडिसनल गाउन ,लेहेंगा ,क्याजुअल डिजाईन, फोर्मल शुट लगायतका डिजाईनमा मिस नेपाल २०१६ अस्मि श्रेष्ठ ,मिस नेपाल अर्थ रोसनी खत्री , मिस नेपाल इन्टरनेसनल २०१४ शुभेक्छा खड्का ,नायिका नम्रता श्रेष्ठ , आंचल शर्मा , मरिश्का मेरी पोख्रेल, रीमा बिस्वकर्मा ,हर्शिका श्रेष्ठ , अलिशा राइ , मिस पुर्वान्चल २०१६ कृतिका गिरि , फर्स्ट रनर अपइक्शामादेन , मोडल र नायक मन्चिन शाक्य , अमित श्रेष्ठ , अमित ढुंगाना , प्रज्जवल गिरि , पलशाह ,रोशनश्रेष्ठ ,गायक सपन श्रेष्ठ लगायतका दर्जनौले पोखराको ग्रान्ड होटलमा आयोजना हुने भब्य शोमा र्याम्प नाप्ने छन् ꘡

१९९७ मा धरानबाट ‘समर ९७’नामको भब्य फेसन शो मार्फत चिनिएका डीजाइनर उत्तम बनेपालीले देश भरका विभिन्न सहरमा थुप्रै शो गरिसकेका छन् ꘡

सेलीब्रेटीका प्रिय डीजाइनर मानिने बनेपाली २००५ देखि मिस् नेपालको डीजाइनरको रुपमा काम गरिरहेका छन् ꘡ हाल ललितपुरको उत्तम्स् क्रियसन बुटिक संगै सेन्ट्रल फेसन हब नामक आफ्नो फेसन इनस्ट्टीच्युट समेत संचालनमा ल्याएका उत्तम बनेपालीले हेटौडामा गत् बर्ष इनस्ट्टीच्युट संचालनमा ल्याएका छन् भने आउदो सनिबार बाट पोखरामा समेत इनस्ट्टीच्युट संचालनमा ल्याउदैछन भने सोहि दिन साँझ पोखरामा पहिलो पल्ट आफ्नो भब्य फेसन शो गर्दैछन ꘡बायोटेक डिस्टिलरी को बायो व्हिस्की तथा बायो वोड़काले मुख्य प्रयोजन गरेको कार्यक्रम सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्दैछ ꘡

प्रतिक्रिया