अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७ | Colorodo: 00:32

 ‘मिस नेपाल पिस’का प्रतियोगीद्वारा रक्तदान

बिआरटीनेपाल २०७३ फागुन १० गते २०:५८ मा प्रकाशित
 ‘मिस नेपाल पिस’का सुन्दरीहरुले रक्तदान गरेका छन् । राजधानीको जमलस्थित गाष्टो पपमा आयोजित एक कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन् । प्रतियोगीले आफ्नो सामाजिक उत्तर दाइत्व गर्न रक्तदान कार्यक्रममा सहभागी जनाएको आयोजक नेक्स्ट मोडल्सका अध्यक्ष रबि धमलाले बताए ।
अन्तिम स्पर्धाका लागि २२ प्रतियोगी छानिएका छन् । प्रतियोगीताको शिर्ष विजेताले ‘मिस वल्र्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ ।
‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौदर्य प्रतियोगिता हो ।  नसिङ पेसा रहेका, अध्यायन गरिरहेका ब्याक्तिको ब्यक्तित्व बिकाश गरि सामाजिक काम प्रति उत्तर दाइत्व बहन गराउँने उदेश्यले प्रतियोगीता आयोजना हुँदै आएको छ ।
प्रतिक्रिया