अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

शिव परियारको जन्म दिनमा ‘अल्लारे’को भिडियो सार्वजनिक (भिडियो )

बिआरटीनेपाल २०७३ फागुन ९ गते ४:०९ मा प्रकाशित
चर्चित तथा लोकप्रिय गायक शिव परियारको जन्म दिन पारेर उनको नया गीतको भिडियो सार्वजनिक गरिएको छ ।शिव  परियारको शिवालय एल्बममा सामबेश “अल्लारे “बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।राजु थापा मगरको शब्द रहेको यस गीतमा संगीत भने शिव परियार आफैले दिएका हुन् ।
 
 गीतमा अल्लारेमा लगाएको माया प्रेमको बारेमा के के गर्छन भनेर देखाउना खोजिएको छ ।विभिन्न महोसबमा रिलिज पूर्व नै दर्शक तथा स्रोतको मन जित्न यस गीतले बजारमा राम्रै चर्चा पाउने गायक परियारको विश्वास रहेको छ।
 
गीतमा अहिलेको चर्चित मोडल ज्योत्सना योगी र रितेश गुरुङलाई फ़िचरिङ्ग गरिएको छ ।भिडियोलाई आस्था व्याण्डका गायक नरेन लिम्बुको निर्देशन गरेका हुन् ।ब्र्याँन राईको छायांकन रहेको यस गीतलाई बिनय कंसाकार सम्पादन गरेका हुन् ।
प्रतिक्रिया