अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३२ | Colorodo: 09:47

4M Band को प्रेम दिवस बिषेश कन्सर्टमा झुमे नेपाली जोडी

बिआरटीनेपाल २०७३ फागुन ६ गते ११:२७ मा प्रकाशित

4M Band ले भ्यालेन्टाईन डे को अवसर पारेर आफ्नो प्रस्तुती दिएको छ ।  ताज महल ग्रीलमा आयोजना गरिएको उक्त कार्यक्रम नेपाली नेपाली समुदायलाई ध्यानमा राखी र बिषेश गरी प्रेम दिवस लक्षित कार्यक्रम भएकाले नेपाली जोडीहरुलाई आर्कषण गर्न आयोजना गरिएको थियो ।

करीव ९० जनाको सहभागीता रहेको कार्यक्रममा भ्यलेन्टाईन संग सम्बन्धीत अंग्रजी र नेपाली गीतहरु प्रस्तुत गरेका थिए । ब्याण्डले उक्त कार्यक्र्रममा स्वर्गीय गायक तथा संगीतकार पन्नाकाजी श्रेष्ठको गीत तिररी मुरली बज्यो बनैमा गाएर समबेदना समेत प्रकट गरेको थियो ।

२०१७ को पहिलो कन्सर्ट भएकाले पनि बिषेश रुपमा हेरीएको कार्यक्रममा उपस्थिीत दर्शकहरुले प्रस्तुतीको तारिफ गरेका थिए ।

4M Band को कन्सर्टमा प्रणय राणा (भोकल र रिदम गीतार), अमृत शर्मा (बेस र लिड गीतार), सेजल भण्डारी (लिड गीतार), सज्जन पौडेल( ड्रम)मा रहेका थिए भने अतिथी बाध्यबाधकमा ईश्वरी कुवर (मादल) र ग्यारी डिक्सन (ट्रमपेट)मा रहेका थिए ।

4M Band ले आफ्नो हरेका कार्यक्रमबाट संकलित रकम जर्जीयाका नेपाली सामाजिक संस्था तथा नेपालमा पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया