अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

नायीका केकी अधिकारीको कोरियोग्राफीमा ‘पंक्षी’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ २६ गते ३:४३ मा प्रकाशित

नायीका केकी अधिकारीको कोरियोग्राफमा चलचित्र घामपानीको पन्छी बोलको गीत सार्वजनिक भएको छ । अन्तरजातीय प्रेमकथाको बिषयलाई उठान गरिएको घामपानीको पन्छी कालीप्रसाद बास्कोटाको शब्द, संगीत र आवाज रहेको गीत हो ।

अभिनेता दयाहाङ राईले सामाजिक परिधी तोडेर केकी अधिकारीलाई गाउँबाट भगाएको अवस्थाको परिभेष चित्रण गरिएको गीतको भिडियोमा सिन्धुली जिल्लाका रमणीय दृश्य कैद भएको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र घामपानीमा दयाहाङ राई र केकी अधिकारी संगै सिल्सा जिरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, अंकित खड्का, कविता आले, अरुणा कार्की, अमोघ पोखरेल लगायतको अभिनय रहेको छ ।
फिल्ममा अन्तरजातीय प्रेमकथा उठाइएको छ । निर्देशक लामाका अनुसार फिल्मको सम्पादन कार्य अन्तिम अवस्थामा पुगेको छ ।
ओम गुरुङ, शैलेन्द्र डि. कार्की र विश्व गौचनले निर्माण गरेको घामपानी आगामी वैशाख १ गते बाट देशभर प्र्रदर्शनमा आउने निर्देशक लामाले बताएक छन् ।

चलचित्रलाई शैलेन्द्र डि कार्कीले छायांकन गरेका हुन् भने सम्पादनको अन्तिम चरणमा पुगेको चलचित्र घामपानीको सम्पादनको जिम्मा निमेष श्रेष्ठले लिएका छन् ।

प्रतिक्रिया