अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

शारीरिक अशक्तताले जन्माएको एक्लोपन-गीतकार सोम राईको’मुटु चल्दैछ’ सार्वजनिक(भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ २५ गते २:१० मा प्रकाशित

शारीरिक अशक्तता भएका गीतकार सोम राईको आधुनिक गीति संग्रह एक्लोपन भित्र संग्रहित दुई दिनलाई मुटु चल्दैछ मेरो… बोलको गीतको भिडियो सार्वजनिक भएको छ । युवराज चौलागाईको स्वर रहेको यस गीतमा संगीत भने रिमेश कुमारले दिएका छन् ।

सार्वजनिक भिडियोमा शिल्पा पोखरेल र डा.रामइश्वर यादव र सुजितको अभिनय रहेको छ । रामकुमार केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको म्युजिक भिडियोलाई अनन्त तिमल्सिनाले निर्देशन गरेका छन् ।

कम्पास मिडियाले बजार ल्याएको उक्त गीति एल्बम आधुनिक गीति संग्रह एक्लोपनको केहि दिन अघि वरिष्ठ गीतकार डाक्टर कृष्णहरी बराल र वरिष्ठ शास्त्रिय संगीतकार चण्डी काफ्लेले बानेश्वरस्थित मसला कटेजमा एक कार्यक्रमकाबीच विमोचन गरेका थिए । गीतकार राईको जन्मदिन पारेर उक्त गीती संग्रह बजारमा ल्याएका थिए । उक्त क्रममा वरिष्ठ गीतकार डा. बरालले गीतका शब्दहरु मन छुने भएको र संगीतले झनै सुवास थपिदिएको भन्दै गीतकार र संगीतकारको तारिफ गरेका थिए । एल्बममा ३ वटा आधुनिक र एउटा राष्ट्रिय गीत समावेश छन् । सबै गीतमा संगीतकार रिमेश कुमारको संगीत रहेको छ भने कर्णदास, युवराज चौलागाई, दृष्टिविहिन गायक अजय लामा र गीतकार स्वयंले गाएका छन् । उक्त एल्बममा संग्रहित एउटा गीत टिका राम ढुंगानाले रचना गरेका छन् ।

गीतकार सोम राईको एउटा खुट्टा छैन, उनी ह्वील चियरमार्फत हिडडुल गर्छन् । पटक पटक खुट्टाको उपचार गरिरहेका उनको आर्थिक अवस्था पनि दयनीय नै छ तर पनि गीत संगीतप्रतिको तीव्र लगावको कारण संग्रह निकाल्न सफल भएका छन् । जसको लागि संगीतकार रिमेश कुमारको साथ र सहयोगका कारण सफल भएको उनले बताए । एल्बममा राष्ट्रिय, भावुक र रमाइलो पनका गीतहरु समावेश छन् ।

प्रतिक्रिया