अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

‘मिस टिन कन्टेस्ट नेपाल’को ताज रोजिकालाई

बिआरटीनेपाल २०७३ माघ २३ गते ८:०२ मा प्रकाशित

‘मिस टिन कन्टेस्ट नेपाल –२०१७’को उपाधि रोजिका पोखरेलले जितेकी छिन् । शनिबार राजधानीको जमल स्थित नाचघरमा सम्पन्न सो प्रतियोगितामा आफ्ना ३१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधि हाँसिल गरेकी हुन् ।

¥योम्प जोनद्धारा आयोजित सो प्रतियोगितामा मिस ट्यालेन्ट सहित फस्ट रनरअपको उपाधि कविना थापाले, मस्ट इन्टेलिजेन्ट सहित सेकेन्ड रनरअपको उपाधि भावना काफ्लेले हाँसिल गरे । यस्तै शर्मिला सापकोटा थर्ड रनर अप र इशिका शाक्य फोर्थ रनरअप घोषित भए ।
प्रतियोगितामा अन्य केही उपाधिहरुबीच पनि प्रतियोगी बीच प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा मिस व्युटिफुलको उपाधि शुष्मा लामाले, व्युटी विथ रेस्पोन्सिबिलिटीको उपाधि पुजा श्रेष्ठले, बेस्ट पर्सनालिटीको उपाधि बिशेस्था शिल्पकारले हाँसिल गरे ।

यस्तै बेस्ट क्याटवाक सम्झना राईले, मोस्ट फोटोजेनिक मिठु पाण्डेले, मोस्ट पपुलर सलिना पाण्डे, मोस्ट स्टाईलिस्ट प्रगती राई र मोस्ट फ्रेन्डलीको उपाधि सोनी मगरले प्राप्त गरे ।

जाडो विदामा बसेका किशोरीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि सो प्रतियोगिता आयोजना गरिएको आयोजक सँस्था ¥याम्प जोनकी अध्यक्ष रमी श्रेष्ठले जानकारी गराईन् ।

निशा देशारले प्रस्तुत गरेका विभिन्न गीत र अनिल शाहीको साँगीतिक प्रस्तुतिले सो अवार्ड समारोहको रौनक बढाएको थियो । प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरेका थिए ।

फाईलन प्रतियोगिताको निर्णायकमा अभिनेता एवं मोडल नविन लम्साल, सँगीतकार अनिल शाही, सञ्चारकर्मी सुमित जङ जबरा, एनआरएन आमेरिकाकी बबिता श्रेष्ठ र निशाु झा थिए ।

प्रतिक्रिया