अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

आसिका राजौरे बनिन् ‘डान्स आईकन दाङ’

बिआरटीनेपाल २०७३ माघ २३ गते २:०९ मा प्रकाशित

मध्यपस्चिमाञ्चल स्तरीय नृत्य बिद्यााको महासंग्राम डान्स आईकन दाङ (डि.आई.डि) को खिताब दाङ तुलसिपुरकि आसिका रजौरे ले जितेकि छन । घोराही निमा हल मा शनिबार भएको ग्राण्ड फिनालेमा अन्तिम १७ प्रतिस्पर्धीलाई पछि पार्दे रजौरेले उपाधि हात पारेकि हुन् । बिजेता घोषणा संगै रजौरेले १लाख ११ हजार एक सय ११ रुपैया,मोबाईल सेट, गिफ्ट ह्याम्पर र ५ वटा म्युजिक भिडियोका कन्ट्रयाक्ट हात परेकि छन् ।
नृत्यबिद्याका हस्तिहरु कोरियो ग्राफर दिपक चौधरी र मोडल रिना थापा मगरको निर्णयमा रजौरेलाई बिजेता घोषणा गरिएको डान्स आईकन दाङका संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।

डान्स आईकन दाङका संयोजक बिष्णुकुमार देवकोटाको सभाअध्यक्षता एवं समाजसेवी देवि नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न फिनालेमा लेडि फस्ट सीया लामिछाने,जेन्स फस्टमा आकाश बि.के, भेट्रान मेगा डान्सरमा श्रीजना के.सी.,सुपर डान्सरमा एरिका आचार्य,डान्स किङ्गमा कुबेर वलि,डान्स क्विनमा करिस्मा पुन मगर, मोस्ट हर्ट टचिङ्ग डान्सरमा उपासना साक्य,फस्ट रनरअपमा एलिशा बैष्य र ईसिका पुनले आवार्ड हात पार्नुभएको छ । यसैगरी शनिबार राति अबेर सम्म संचालित फिनालेमा सेकेन्ड रनरअप बाटुलि घर्तिमगर, थर्ड रनरअपमा मनोज श्रेष्ठ,पब्लिक च्वाईस आवार्डमा श्रीजना बि.के,जज च्वाईसअवार्डमा रीना रोका,डाईरेक्टर्स च्वाईसमा रीतेश गौतम,जज राउण्ड टपरमा बर्षा बुढाथोकी र पारस थापा हुनुभएको छ ।

कार्यक्रममा मोडल लोसिना लामिछाने लाई बेष्ट कोरीयो ग्राफर घोषणा गरियो ।

दाङ जिल्लालाई आधारमानेर जिल्लामा मध्यपस्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि) सर्वाधिक ठूलो धनरासिको हो । कायक्रमको संचालन डाईरेक्टर दिपक वलिले गर्नुभएको थियो ।

ब्ततबअजmभलतक बचभब

प्रतिक्रिया