अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 16:47

सितल कार्कीको ‘चिताकै बिछ्यौना’मा दिलीप रायमाझी र अनिताको अभिनय (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ २३ गते १:४७ मा प्रकाशित

गायक तथा संगीतकार सितल कार्कीको नयाँ गीत चिताकै बिछ्यौना सार्वजनिक भएको छ । जीवन दर्शन र प्रेमलाई उठान गरिएको गीतलाई कुमार अजनबीले लेखेका हुन् भने गायक सीतल कार्की स्वयंले संगीत भरेका हुन् ।

एल्वम ओस्कार भित्र समाविष्ट रहेको यो गीतमाथी म्युजिक भिडियो पनि तयार भएको छ । सुरेश थापाको निर्देशनमा तयार भएको भिडियोमा नेपाली सिने क्षेत्रका ख्यातिप्राप्त नायाक दिलीप रायमाझी र अनिताको अभिनय रहेको छ ।

बुद्ध थापाले खिचेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया