अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 10:51

‘नेपाल फेशन आइडल-२०१७’को अवेदन खुल्ला

बिआरटीनेपाल २०७३ माघ २१ गते ९:११ मा प्रकाशित

विभिन्न इभेन्टहरु आयोजना गर्दै आएको रशलाईट मिडियाले सौन्दर्य प्रतियोगिता पनि गर्ने भएको छ । मोडलिङ क्षेत्रमा आउन चाहने युवायुवतीलाई लक्षित गरेर ‘नेपाल फेशन आईडल-२०१७’ हुने भएको छ ।

 

यस प्रतियोगिताको अहिले फर्म खुल्ला भएको छ । १६ वर्षदेखी २९ वर्ष उमेर समुहका युवायुवतिले सहभागी हुन पाउने यस प्रतियोगितामा केटाको ५.५ फिट र केटीको ५ फिट उचाई हुनु पर्ने आयोजक संस्था रशलाईट मिडियाले जनाएको छ ।

नेपाल फेशन आईडलको विजेताले नगद २५ हजारसहित विज्ञापनमा खेल्न पाउने छन् । साथै विभिन्न आकर्षक उपहार तथा मोडलिङ सम्बन्धी अवसर प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन । उनका अनुसार प्रतियोगितामा सहभागीहरुलाई सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षाका साथै अन्य मोडलिङ तथा विविध विषयमा प्रशिक्षण दिइने छ । कार्यक्रमको इभेन्ट को –ओडिनेटर नविन श्रेष्ठ , इभेन्ट म्यानेजर सरोज श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया