अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

कुस्मा झुम्यो शिव परियारको प्रस्तुतीमा

बिआरटीनेपाल २०७३ माघ २१ गते ०:५० मा प्रकाशित

चर्चित गायक शिव परिवारले पर्वत जील्लाको कुस्माबासीहरुलाई आफ्नो प्रस्तुतीले भरपुर मनोरञ्जन दिए । पाचौं पर्वत महोत्सवका लागि कुस्मा पुगेका शिवको प्रस्तुती हेर्न टाढा टाढाबाट आएका आफ्ना प्रशंशकहरुको बाक्लो उपस्थितीमा शिवले आफ्ना लोकप्रीय गीतहरु सुनाएर माहोल तताएका हुन् ।

जव स्टेजमा आएर शिवले आफ्ना गीतहरु गाउन सुरु गरे एकाएक दर्शकको चाप बढ्यो । बेहोसीपछि होसमा आउँदा क्या दामी भो…मलाई जालैमा पा¥यो फेसबुकले…, मायालु मायालु…,बाटो मोडर गयौ नाता तोडेर गयौ… लगायतका गीतहरु शिवले गाउन थालेपछि दर्शकहरु उनलाई साथ दिंदै नाच्ने गाउने गरेको दृश्य रमाईलो देखिन्थ्यो । दर्शकको अनुरोधमा कति गीतहरु उनले दोहोर्याएर पनि गाएका थिए । महोत्सवमा उनले आफ्ना डेढ दर्जन गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया