अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

डान्स आईकन दाङको ग्राण्ड फिनाले माघ २२ मा

बिआरटीनेपाल २०७३ माघ १८ गते १:५७ मा प्रकाशित

मध्यपस्चिमाञ्चल स्तरीय नृत्यको महासंग्राम डान्स आईकन दाङको ग्राण्ड फिनाले यहि माघ २२ गते तुलसिपुरमा हुनेभएको छ ।
गत जेष्ठ १ गतेबाट सुरुभएको डान्स आईकन दाङको ग्राण्ड फिनालेमा रोल्पा,दाङ,सल्यान,प्युठान र बाँके बाट जम्मा १७ जनाले कूल १७ बिद्यामा प्रतिस्पर्धा गर्दे छन् ।

जसअनुसार बिजेता, फस्ट रनर अप, द्धितिय रनर अप,तृतिय रनर अप, डान्स किङ्ग, डान्स क्विन, सुपर डान्सर, पब्लिक च्वाईस अवार्ड, डाईरेक्टर्स च्वाईस अवार्ड, जज च्वाईस अवार्ड तथा राउण्ड टप समावेश गरिने छ । फिनालेको जजमा नृत्य क्षेत्रका हस्तिहरुलाई समावेश गरिने संयोजक बिष्णुुकमार देवकोटाले जानकारी दिनुभयो ।

दाङ जिल्लालाई आधारमानेर जिल्लामा मध्यपस्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि) सर्वाधिक ठूलो धनरासिको हो । यसमा प्रथम हुने ले नगद रु. १ लाख ११ हजार एकसय एक रुपैयाँपाउने छन् भने ५ वटा म्युजिक भिडियोहरुमा मोडलिङ्ग गर्ने अवसर, मोबाईल सेटहरु,आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने छन् ।

प्रतिक्रिया