अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

गायक सञ्जय लामा गोलेको ‘सलल बग्ने रोशी’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ १७ गते ८:३३ मा प्रकाशित
गायक सञ्जय लामा गोलेको ‘सलल बग्ने रोशी’सार्वजनिक भएको छ । एल्बम डोल्मोमा समावेश गीत ‘सलल बग्ने रोशी’ खोलालाई गायक लामाले स्वरवद्ध गरेका छन् । तामाङ सेलो शैलीको तामाङको संस्कार–संस्कृतिलाई अवलम्बन गर्दै गायकले अनुपम लय भरेका छन् ।
अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गरेको लामाको गीतले भाषा धर्म संस्कृतिको पहिचान बनाएको छ । किन र कुन हिसाबले तामाङ सेलोको अस्तित्व र महत्वलाई कायम राख्न गायक लामाको सांगितिक क्षेत्रको लागि यो बस एक खुडिु्कलो मात्र हो । आफ्नो अमुल्य संस्कार–संस्कृतिलाई जोगाउन गायक लामाले गीतसंगीतको माध्यम रोजेका छन् ।
स्मृती पाख्रिनको शब्द रचनामा रहेको गीतलाई बब्बीराजले संयोजन गरेका हुन् गीतलाई अनुपम संगितमा ढालेका छन् गायक सञ्जय लामाले । लामा आफैँ पनि गीतको भिडियोमा देखा परेका छन् । अभिनयमा साथ दिएका डोल्मो, प्रदीप र तेन्जीङले दमदार अभिनय पस्केका छन् ।
नेपाली सांगितिक जगत्का छायाँकार ज्ञानेन्द्र शर्माले उत्कृष्ट छायांकन गरेका छन् । सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियोमा प्रविन श्रेष्ठको सम्पादन रहेको छ । निर्देशक प्रेम लामाले भिडियोलाई मूर्तरुप दिएका छन् ।

प्रतिक्रिया