अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

‘मिस कलेजेज् नेपाल’को ताज दिपेश्नालाई

बिआरटीनेपाल २०७३ माघ १६ गते ८:१७ मा प्रकाशित

‘दोस्रो मितवाना मिस कलेजेज् नेपाल–२०१७’को उपाधि पोखराकी दिपेश्ना हमालले जितेकी छिन् । शुक्रबार साँझ अबेर सम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न सो प्रतियोगितामा आफ्ना ४२ प्रतिस्पर्धीलाई पछि पाद दिपेश्नाले उपाधि जितेकी हुन् ।

यो बर्षको मिस कलेजेज् नेपाल बनेकी दिपेश्नाले विभिन्न उपहार प्राप्त गर्नुका साथै कन्जेनियालिटीको उपाधि पनि हाँसिल गरेकी छन् ।

यस्तै फस्ट रनर अपको उपाधि बुढानिलकण्ठ काठमाडौंकी रविना थापा र सेकेन्ड रनर अपको उपाधि काठमाडौंकी निकुञ्ज मोक्तानले हाँसिल गरे ।

मर्मेड इभेन्ट एन्ड इन्टरट्रेनमेन्टद्धारा आयोजित मिस कलेजेज् नेपालमा बेस्ट पर्सनालिटी जाङ्मु लामा शेर्पा, वेस्ट वाक समृद्धि रेग्मी, बेस्ट स्माईल रुपा घले, मोस्ट चार्मिङ शहारा सिलवाल, मिस पँचुअल सोफिया बजगाई, बेस्ट स्पिच अवन्तिका फुयाँल घोषित भए ।

यस्तै मिस इन्नोसेन्ट सालु रौनियार, मिस फोटोजेनिक सायरा शाक्य, म्याजेमेन्ट च्वाईस दीक्षा रौनियार, फेस अफ मितवाना नेहा लिम्बु, मिस ट्यालेन्ट अनुरा शाही, भिवर्स च्वाईस् सलिना गुरुङ र पब्लिक च्वाईस प्रतीक्षा प्रसाई भए । सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

प्रतिक्रिया