अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

‘मिस्टर नेपाल-२०१७’को लागि आवेदन खुल्ला

बिआरटीनेपाल २०७३ माघ १६ गते ७:४१ मा प्रकाशित

‘मिष्टर वल्र्ड-२०१७’ मा नेपालको प्रतिनिधित्व गर्ने युवा खोज्ने उदेश्यले एक्सपोज नेपाल डटकमले पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल-२०१७’ आयोजना तयारी गरेको छ । स्वदेशमा आयोजना हुँदै आएका पुरुषहरुको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको ‘मिष्टर नेपाल’को १५ औं संस्करणका लागि आवेदन खुल्ला समेत गरिएको छ ।

एक्सपोज नेपालले एक बिज्ञप्ती मार्फत ‘मिस्टर नेपाल–२०१७’को आवेदन खुल्ला भएको जनाएको छ । युवाको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन यो प्रतियोगीता सहायक सिद्ध हुने बिश्वास कार्यक्र संयोजक अर्चना थापाले बताइन् ।
युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रुपमा अगाडी वढाउन प्रतियोगीताले सहयोग पु¥याउने विश्वास आयोजकको छ ।

१६ बर्षदेखि ३२ बर्ष ननाघेका युवाले प्रतियोगीतामा सहभागीता जनाउन पाउनेछन् । प्रतियोगिताका लागि आयोजकले काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरान जस्ता शहरमा अडिसन समेत गर्दैछ । अडिसनबाट छनौट भएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागिता जनाउन पाउने आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए ।

निर्णायक प्रतिस्पर्धाका लागि छनौट भएका प्रतिस्पर्धीहरुलाई स्वमिङ, फुटवल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विधामा प्रशिक्षण दिइने छ ।

मिस्टर नेपालका विजेता मात्र मिस्टर वल्र्डमा देशको प्रतिनिधित्व गर्न पाउने छ । साथै एक मोटबाइक, चलचित्र, म्युजिक भिडियो अभिनय अफरका साथै बिभिन्न उपहार जित्न सक्नेछन् ।

सहभागीका लागि आवेदन फर्म एक्सपोज नेपालको कार्यालय कुपन्डोल तथा वेभसाइट धधध। mष्कतभच लभउब।िअयm बाट पनि भर्न सकिनेछ ।

प्रतिक्रिया