अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

नन्दराम परियारको ठट्यौली गीत ‘यति सराप दिएँ’मा प्याकुली र सरापेको कलह (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ १४ गते ६:०१ मा प्रकाशित

नन्दराम परियारको नयाँ ठट्यौली गीत ‘यति सराप दिएँ’ बजारमा आएको छ । गायक खुमन अधिकारीको लय सृजना,बिष्णु न्यौपानेको शब्द र गायीका टिका पुन र गायक खुमन अधिकारीको आवाजमा रहेको ‘यति सराप दिएँ’ लाई हिम सम्झौता डिजिटल प्रा. लि. ले बजारमा ल्याएको हो ।

माया पिरतीमा कुरा लगाएर फाटो र कलह ल्याई दिनेको सत्तो सराप होस भन्ने भावमा तयार गरिएको गीतमाथी म्युजिक भिडियो पनि तयार भएको छ ।

निर्देशन एकिन्द्र सारा शँकरको निर्देशनमा तयार भएको भिडियोमा चर्चित हाँस्य कलाकार “सरापे” यादब देवकोटा, जानुका पौडेल ‘प्याकुली’र आशिष शर्माको अभिनय रहेको छ ।

बासु बरालले खिचेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया