अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

गायक कृष्ण काफ्लेको नौलो सुरुवात-गीतकार र संगीतकारलाई आफ्नो तर्फबाट रोयल्टी

बिआरटीनेपाल २०७३ माघ १३ गते १०:२१ मा प्रकाशित
गायक कृष्ण काफ्लेले गीतकार एवं संगीतकालाई रोयल्टी दिने कार्यको शुरुवात गरेका छन् । विभिन्न स्टेज कार्यक्रमहरुमा गायकले गाएर पारीश्रमिक लिने तर गीतकार र संगीतकारहरु उपलब्धि विहिन हुने कुराको चर्चा चलिरहेको अवस्थामा एक कदम माथि उठेर काफ्लेले भने रोयल्टीको प्रथा शुरु गरेका छन् । पछिल्लो चरण चलचित्र छक्का पञ्जाको …देखन चम्पा सुनन् चम्पा.. निकै चर्चामा छ । गायक कृष्ण काफ्ले पनि यसै गीतका कारण निकै चर्चामा छन् । यसै गीतका गीतकार शान्तिप्रिय र संगीतकार दिपक शर्मालाई काफ्लेले रोयल्टि दिएका हुन् ।
आफ्नो गीत चर्चित भएको र चर्चित भएसंगै विभिन्न स्टेज कार्यक्रममा आफूलाई मान सम्मान दिन बोलाउनेको जमात बढ्दै गइरहेकोमा गीत-संगीत चर्चित हुनुमा गीतकार र संगीतकारको प्रमुख भूमिका हुने भएकोले रोयल्टी प्रथाको आफूले शुरुवात गरेको काफ्लेले बताए । काफ्लेका अनुसार आगामी दिनमा पनि आफूले गाउने गीतको श्रष्टालाई रोयल्टी नियमित गर्ने उनले बताए ।
यसै साता मात्र काफ्लेले दाङमा आयोजित स्टेज कार्यक्रम गरेर फर्किएका थिए । गायक काफ्लेले आफूले पाएको पारीश्रमिकबाट गीतकार र संगीतकारलाई १५-१५ प्रतिशत दिन थालेका हुन् । नेपालमै  यस किसीमको कार्य गर्ने गायक काफ्ले प्रथम व्यक्ति बनेका छन् ।
प्रतिक्रिया