अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

‘मिस कलेजेज नेपाल’को ट्यालेन्ट शोे

बिआरटीनेपाल २०७३ माघ १३ गते ६:४२ मा प्रकाशित

‘मिस कलेजेज नेपाल–२०१७’ का प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । सो प्रतियोगिताको ट्यालेन्ट शो अन्तर्गत प्रतियोगीले नृत्य, गायन, बाद्यबादन, बतृत्वकला, चित्रकला, कविता बाचन लगायतका कला प्रस्तुत गरे । प्रतियोगीहरु मध्य धेरै जसोले नृत्य प्रस्तुत गरेका थिए ।

मर्मेड इभेन्ट्स एन्ड इन्टरट्रेनमेन्टद्धारा आयोजित यो प्रतियोगितामा ४२ जना प्रतियोगी रहेका छन् । प्रतियोगितामा दीपेशना हमाल, सृष्टी थापा, सहारा सिलवाल, सचिता गिरी, दिक्षा रौनियार, गौरी थापा, उमा मल्ल, स्मृति बुढाथोकी, रजनी कसुला, सलिना गुरुङ, कुसुम कर्माचार्य, नुज्जु अवाले, मनिषा चन्द, रिया नेपाल, सोनु राउत, सुनौता तामाङ, प्रमोदा गिरी, सृजना श्रेष्ठ, पुजा श्रेष्ठ, अनु पनेरु, रोहिनी अधिकारी, कञ्चन श्रेष्ठ, प्रकृति शर्मा, रहेका छन् ।

यस्तै अनुष्का सिक्रकार, रुपा घले, जाङमु लामा शेर्पा, समृद्धी रेग्मी, शायरा शाक्य, अवन्तिका फुयाल, रविना थापा, ऋतु मानन्धर, प्रिया श्रेष्ठ, अनुरा शाही, सालु रौनियार, प्रतीक्षा प्रसाई, रजनी ढकाल, सोफिया बजगाई, चाँदनी घिमिरे, निकुञ्ज मोक्तान, बिनिता बास्तोला, कृती पाण्डे, सञ्जु थपालीया पनि अन्तिम प्रतियोगीको रुपमा रहेका छन् ।

सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । उनीहरु बिगत तीन सातादेखि विभिन्न प्रशिक्षणमा व्यस्त छन् । १५ माघमा राजधानीको नाचघरमा हुने अन्तिम प्रतिस्पर्धाबाट दोस्रो मिस कलेजेज नेपाल चयन हुने आयोजक सँस्थाकी प्रमुख कार्यकारी अधिकृत एन्जल गुरुङले जानकारी दिईन् ।

प्रतिक्रिया