अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

५० बर्ष अघिको कथामा बनेको’पञ्चायत’को डबिंग ढिला हुनुको कारण-बाग्लुङमा बोलिने पुरानो भाषा

बिआरटीनेपाल २०७३ माघ १३ गते ३:४६ मा प्रकाशित
चलचित्र ‘पञ्चायत’को डबिंग अहिले धमाधम रुपमा चलि रहेको छ  ।५० बर्ष पुरानो कथामा निर्माण भएको चलचित्र  ‘पञ्चायत’को डबिंग सोचे भन्दा बढी समय लागेको निर्देशक शिवम् अधिकारी बताएका छन् ।चलचित्रको डबिंगमा बाग्लुङमा बोलिने पुरानो भाषाको कारणले कलाकारलाई चलचित्रमा आफ्नो भाषा मिलाउन अलि समय लागेको कारणले पनि चलचित्रको डबिंगलाई सोचे भन्दा बढी समय लागेको अधिकारीले बताए।  
ग्रामिण परिवेशमा खिचिएको यस चलचित्र निकै राम्रो बनेको कारणले पनि हामीले अलि समय लगाएर नै काम गरेको सम्पादक बिपिन मल्लको भनाइ रहेको छ ।
 
अर्को बर्ष रिलिज गरिने तयारीमा रहेको चलचित्र  ‘पञ्चायत’मा संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् ।गणेश गिरीको प्रस्तुति रहेको यस चलचित्रमा सुशान्त श्रेष्ठ र शंकर सुवेदी निर्माताको रुपमा रहेका छन्  । चलचित्रलाई अन्तराष्ट्रिय फेस्टिभलहरुमा सहभागी गराउने तयारी समेत गरिएको निर्माता सुशान्त श्रेष्ठले जानकारी दिएका छन् ।
 
चलचित्रमा सरोज खनाल र नीता ढुङगाना मुख्य भुमिकामा छन् । साथमा रुपा राना, गणेश गिरी,जाहन्वी बस्नेत, बिशाल पहाडि गिता अधिकारी, किरण थापा,  राजुबाबु श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ  ।चलचित्रमा रामेश्वर कार्कीको छायांकन ,टंक बुढाथोकीको संगीत रहेको छ  ।
प्रतिक्रिया