अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

नेपाली मन्दिरमा भारतीय बाबाको हैकम

बिआरटीनेपाल २०७३ माघ १२ गते ७:०० मा प्रकाशित

चन्द्र भगवान शंकर मन्दीर कठमहलको सम्पत्ती संरक्षण र संबद्धनको माग
नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ८ रानी तलाऊस्थित चन्द्र भगवान शंकर मन्दीर कठमहलको सम्पत्ती संरक्षण र समवद्र्धनको माग गरिएको छ । मन्दिरको सम्पत्तिमा भारतीय बाबा गंगादासले लामो समयदेखि आफू खुशी गर्न थालेपछि स्थानीयले सो को पर्दाफास गर्दै सुरक्षाको चिन्ता गरेका हुन् ।

करिव ८ बर्ष पहिले मात्र मन्दिरमा प्रवेश गरेका गंगादासले मन्दिर ब्यवस्थापन समितिको निस्क्रियताको फाईदा उठाउँदै चल तथा अचल सम्पत्तीमा रजाई गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

ऐतिहासिक धरोहरका रुपमा स्थापित उक्त मन्दिरको नाममा रहेको जग्गा तथा मन्दिरसँगै बनेका सटरको भाडा पनि बाबाले आफूखुशी उठाउने र खर्च गर्ने गरेको र यस अघि मन्दिर वयवस्थापन समितिसग गरिएको सहमति पनि उल्लघन गर्दै आएका छन् ।

२०५६ सालमा श्रीचन्द्र भगावन शंकर मन्दिर कठमहल ब्यवस्थापन समितिका नाममा संस्था स्थापना भएपनि गंगादासले सो समितिलाई वे वास्ता गर्दै मनोमानी गरिरहेको आज पत्रकार सममेलमार्फ जानकारी गराययो ।

मन्दिरमा जबरजस्ती आफ्नो एकाधिकार जमाएका बाबाले विभिन्न चरणमा मन्दिर परिसरमा हनुमानको ठूलो मूर्ती स्थापना गर्ने भन्दै रकम उठाएर आर्थिक अतियमितता समेत गरेको ब्यवस्थापन समितिका सदस्य सुरेश श्रेष्ठले बताए ।

यसअघि समिति र बाबाबीच भएको छलफलमा ३ महिना भित्रमा मन्दिर छाडेर जानुपर्ने सहमती भएको स्थानीय बासिन्दा बताउँछन् ।

कब्जा जमाएर सार्वजनिक सम्पत्तीको दुरुपयोग गरिरहेको जानकारी हुँदा हुदैपनि प्रशासनले मौनता साँधेको समिति अध्यक्ष लक्ष्मी श्रेष्ठको भनाई छ । करिव ६ कठ्ठा जमिन क्षेत्रफलमा बनेको मन्दिरको नाममा नेपालगन्ज उपमहानगरपालिका–१८ अर्थात साविकको उदयपुर गाविसमा ५२ विघा कच्चा जमिन रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू