अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

संगीतकार बसन्त सापकोटा र डिबी खड्का जोडिए ‘तिमिले मलाई भुलाउने’मा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ १० गते ५:०५ मा प्रकाशित

चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको ‘ तिमिले मलाई भुलेनी ..’ बोलको गीत सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित यो गीत यु–ट्युव मार्फत सार्वजनिक भएको हो ।

भिडियोमा नारायण र अष्मिताको अभिनय रहेको छ । रोमान्टिक थिम उठाइएको भिडियो निकै आकर्षक लोकेसनमा छायाँकन गरिएको छ । भिडियो छायाँकनमा चलचित्रको गीत भन्दा पनि बढी मिहनत गरिएको छ । 

कुमार बिबाहितको शब्द रहेको गीतमा संगीतकार समेत रहेका गायक डिबी खड्काले स्वर दिएका छन् । पवन घिमिरेको छायाँकन रहेको म्युजिक भिडियो एलपी पाण्डेले निर्देशन गरेका हुन् । यो गीत जलन एल्बम भित्र समावेश गरिएको छ ।

 

 

प्रतिक्रिया