अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

विवाहको खर्च काटेर विद्यालयलाई सहयोग

बिआरटीनेपाल २०७३ माघ ९ गते १०:३५ मा प्रकाशित

डोल्पा (दुनै), माघ ८ गते । आजका युवा पिँडी खर्चगर्ने भनेपछि चाहे खल्ती रित्याउन पनि पछि पर्दैनन् चाहे विवाह, ब्रर्तवन्ध होस् या किनमेल, यसले धन, पैसाको नाशमात्र गर्दैन समाजमा गलत संस्कारको समेत स्थापना गर्दछ ।

तर, डोल्पाका एक नवविवाहित जोडीले रुपियाँको सदुपयोगमात्र गरेनन् घरकाले विवाह खर्चका लागि छुट्याइ दिएको पैसासमेत फजुल खर्च नगर्ने भन्दै दुर्गमको एउटा विद्यालयलाई दान दिएर उदाहरणीय काम गरेकाछन् ।

जिल्लाको ग्रामीण भेगमापर्ने माझफाल— ८ थरगाउँ निवासी योगेन्द्र बुढा र उनकी धर्मपत्नी राधा महराको नवविवाहित जोडीले आफ्नै गाउँमा रहेको लक्ष्मी माध्यामिक विद्यालयलाई नगद दश हजार ५० रुपैयाँ सहयोग गर्नुभएको छ ।

नगद सहयोग सँगसँगै उक्त विद्यालयमा अध्ययन् गर्ने ३२ जना दलित, विपन्न तथा अपाङ्गता भएका विद्यार्थीलाई एक कार्यक्रमबिच ‘न्यानो कपडा’ समेत वितरण गरिएको छ ।

जाडोयाममा गरिएको न्यानो कपडा वितरणबाट विद्यार्थीलाई राहत भएको अभिभावकले बताएका छन् । एक सचेत युवाले आजको जमानामा भड्किलो प्रकारको विवाह गरेर रुपैयाँको दुरुपयोग गर्न नहुने भन्दै उदाहरणीय कामको सुरुवातका लागि थोरै भए पनि सो रकम शिक्षा क्षेत्रमा सहयोग गरेको बुढाले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू