अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

अब नेपालमा पनि ‘रोडिज्’ शो प्रशारण हुने, बिजेतालाई २० लाख नगद र बजाज एभेन्जर

बिआरटीनेपाल २०७३ माघ ९ गते ३:४७ मा प्रकाशित

नेपालका टेलिभिजनहरुमा आकर्षक मनोरञ्जनात्मक कार्यक्रमहरु कम हुँदा अन्तराष्ट्रिय टेलिभिजन च्यानलहरु नै दर्शकको रोजाई बनिरहेको बेला हिमालय टेलिभिजनले ‘हिमालय रोडिज्’ शो संचालन गर्ने भएको छ । आईतवार राजधानिमा पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पुरा भै सकेको र बिजेतालाई २० लाख नगद र एउटा बजाज एभेन्जर पुरस्कार प्रदान गरिने जानकारी गराईएको हो ।

हिमालय रोडिजको छायांकन देशका विभिन्न भूभागमा हुने बताएका यस सिरिजिका निर्देशक अमन प्रताप अधिकारीका अनुसार हिमालय रोडिज्को पाँचवटा फरक(फरक शहरहरुमा अडिसन गरिनेछ । पोखरामा मार्च १, वुटवलमा मार्च ४, चितवनमा मार्च ६, धरानमा मार्च ९ र काठमाण्डौमा मार्च १३ र १४ मा यसको अडिसन हुने छ भने यो शोको निर्णायकहरुमा दिया मास्के, रेमनदास श्रेष्ठ र आशिस राना रहने छन् ।

एमटीभी इन्डियाको सबैभन्दा बढी रेटेड कार्यक्रमहरुमध्ये एक ‘एमटीभी रोडिज्’को प्र्रभाव स्वरुप सुरु गर्न लागिएको ‘हिमालय रोडिज्’लाई अन्तराष्ट्रिय फ्रेन्चाइज राष्ट्रिय टेलिभिजनमा प्रसारित हुन लागेकोले सकारात्म रुपमा हेरिएको छ।

आफ्नो स्थापनादेखि नै ‘एमटीभी रोडिज्’ले हरेक बर्ष हजारौ मानिसहरुलाई यो प्रतियोगीतामा आकषिर्त गरेको पाइन्छ । यसकारण पनि, यो शो सबैभन्दा ठूलो रियालिटी शो मध्ये एक प्रमाणित भैसकेको छ । यसमा सहभागी भएका थुप्रै यूवायूवतीहरुको करिअरमा नै परिवर्तन पनि आएको छ ।

प्रतिक्रिया