अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

ओम रोदनको आवाज र अभिनयमा ‘तिमी बाहेक’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ ९ गते १:०२ मा प्रकाशित

चाहे मोडलिङ्गमा होस् चाहे गायनमा होस् पछिल्लो समय नेपालि कलाकारिता संग संगै नेपाली गीत संगीतमा आफुलाई अब्बल बनाउदै आएका कलाकार हुन् ओम रोदन ।  यिनै ओमको आवाजमा रहेको नया गीत “तिमी बाहेक” सार्बजनिक भएको छ । यो गीतमा रोदनलाई चर्चित गायिका अन्जु पन्तले साथ दिएकि छिन भने गायक रोदन आफैमा एक कुशल गीतकार अनि संगीतकार पनि हुन् ।

अहिलेका व्यस्त अनि निकै नै चर्चित संगीतकार अर्जुन पोख्रेलको यो गीतमा शब्द अनि संगीत रहेको छ।

यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । म्युजिक भिडियोलाई निर्देशक अर्जुन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा बेनिषा हमाल संगै ओम रोदन आफैले अभिनय गरेको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको छ ।

भिडियोमा २ प्रेमी प्रेमिका बिचको गहिरो सम्बन्धलाई देखाउन खोजिएको छ ।

प्रतिक्रिया