अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

‘झलक दिखला जा’को औपचारिक बिजयी घोषणा, तेरियाद्वारा सम्पुर्ण नेपालीप्रति कृतज्ञता ब्यक्त

बिआरटीनेपाल २०७३ माघ ८ गते २०:१३ मा प्रकाशित

नेपाली किशोरी तेरिया फौजा मगरले भारतीय सिनियर डान्स स्टारबीचको ठुलो प्रतिस्पर्धा झलक दिखला जा’को उपाधी पनि जितेकी छन् । शनिवार राति १० बजे भारतिय टेलिभिजन कलर्सले तेरियाले झलक दिखला जा’को उपाधी जितेको औपचारिक घोषणा गरेको हो ।

डान्स प्रतियोगिता विजेताहरु बिच प्रतिस्पर्धा गराउने ‘झलक दिखला जा’ भारतीय टिभी सोमा सर्वाधिक पुरस्कार राशिको हो । जीतसंगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार उपहार पाएकी छिन् ।

सन् २०१४ मा भारतको रियालीटी सो डिआईडीको उपाधी जीतेकी तेरियाले यो पटक कठिन प्रतिस्पर्धामा उत्रेर झलक दिखला जा’को उपाधी पनि आफ्नै हातमा पारेपछि नेपालीहरुले गर्व महशुष गरिरहेका छन् । रुपन्देही रुद्रपुरकी १४ वर्षे तेरियालाई उपाधी जिताउन उनका परिवार र सम्पुर्ण नेपालीहरु एकजुट भएका थिए । भोटिङ स्टम भएकाले पनि देश बिदेशमा रहेका नेपालीहरुले उनलाई साथ दिन पाएका थिए । फाइनलमा नृत्यसंगै एसएमएस भोटद्धारा विजेता छानिएको हो ।

एसएमएस भोटिङमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी हुन् । शुक्रवार अपरान्ह नै एसएमएस भोटको नतिजा निस्केको र आयोजकले उपाधि जीतेको औपचारिक जानाकारी आफूलाई गराएको मुम्मईमा रहेकी तेरियाले हजुरबुबा कृष्ण फौजामगरलाई फोनमार्फत जानाकारी दिएपछि उनको जीतको खुसी २ दिन अघिबाटै नेपालीहरुले मनाईरहेका छन् ।

दिएकी छिन् । जीतको खुसीसंगै समर्थक सबै नेपालीप्रति पनि हजुरबुवाले जनाए । तेरिया मगर फाउण्डेशन चलाएका उनका हजुरबुवा कृष्ण फौजा मगरले तेरियालाई सम्पुर्ण नेपालीले गरेको सहयोगको लागि धन्यवाद दिएका छन् भने तेरियाले पनि आफुलाई जिताउन गरेको नेपालीको माया र सहयोग प्रति कृतज्ञता जनाएकी छन् ।
हजुरबुबाले नै तेरियालाई तीन वर्ष अघि सम्म रुद्रपुरबाट ४५ किलोमिटर टाढाबाट बुटवलमा दिनहुँ नृत्य सिकाउन ल्याएर नृत्य क्षेत्रमा लगाएका थिए । जो हाल तेरिया मगर फाउण्डेशनका अध्यक्ष रहेका छन् ।

नातिनीको जीतको खबरसंगै उनी र तेरियाका उनका समर्थकहरुले खुसी साटासाट गर्न थालेका छन् । फाउण्डेशनका उपाध्यक्ष तथा बागेश्वरी संगीतालय बुटवलका निर्देशक सुरेश सेन्चुरीले बुटवलबाट डान्स करियर सुरु गरेकी तेरियाको जीतले नेपाली प्रतिभालाई पुन विश्वमाझ चिनाएको बताए ।

सन् २०१४ को जी टिभीको ‘डिआइडीमा’ ४० हजार प्रतिश्पर्धीलाई पछाडि पारेकी तेरिया डिआइडी विजेताको तर्फबाट यसमा प्रवेश पाएकी हुन् ।

गत जुलाईमा प्रतियोगिता सुरु भएको थियो । त्यसमा १२ जोडी सिनियर महिला–पुरुष डान्स सेलीब्रटी छनोट भएका थिए । टेरियासहित ५ जना जुनियरलाई भने अक्टुवर ८ मा च्यालेन्जरका रूपमा प्रवेश गराइएको थियो । च्यालेन्जरका रूपमा प्रवेश पाएकामध्ये तेरियामात्रै फाइनलमा पुगेकी थिइन् । फाइनलमा उनले ‘डिआइडी’ सिजन १ का विजेता तथा झलक दिखला जाका पूर्व विजेता सलमान युसुफ खान र वर्ल्ड हिपहपका च्याम्पीयनसीपका विजेता सानतनु महेश्वरीसंग प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रतिक्रिया