अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

प्रदर्शन मिति घोषणा संगै ‘जादुगर-२ जोकर’का ४ गीत एक साथ सार्वजनिक

बिआरटीनेपाल २०७३ माघ ८ गते ९:२८ मा प्रकाशित

चलचित्र ‘जादुगर-२ जोकर’का ४ वटा गीत एकसाथ सार्वजनिक भएका छन् । शुक्रबार राजधानिमा पत्रकार सम्मेलन गरि ‘जादुगर-२ जोकर’को प्रदर्शन मिति घोषणा संगै चलचित्रका ४ वटा गीत एकसाथ सार्वजनिक गरिएको हो ।

कार्यक्रममका प्रमुख अतिथी नायक शिव श्रेष्ठ र बिषेश अतिथी निर्माता तथा कलाकार मधुकुमार श्रेष्ठको हातवाट सार्वजनिक गरिएका जादुगर-२ जोकरका ४ गीतहरु सार्वजनिक समारोहमा यो चलचित्रलाई सहयोग गरिरहेका मिस तामाङका प्रतिस्पर्धीहरु पनि सहभागी थिए ।

आउँदो  चैत ४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘जादुगर-२ जोकर’ का निर्माता मधुर बस्नेतले स्वागत मन्तब्य राखेको समारोहमा निर्माता तथा बितरक गोपाल कायस्थ, कलाकार तथा निर्देशक महादेव त्रिपाठी,नायक शिव श्रेष्ठ, निर्माता मधुर बस्नेत, मधु कुमार श्रेष्ठ लगायतले चलचित्र ‘जादुगर-२ जोकर’को बारेमा आफ्ना धारणा राखेका थिए ।

कलाकार तथा यस चलचित्रका निर्देशक महादेव त्रिपाठीले आफ्नी आमा बिरामी भएर अस्पतालमा भर्ना गरिएको अप्ठ्यारो अवस्थामा पनि आफु सुटिङमा पुगेर काम गरेको सम्झना सुनाउँदै सबैले हेर्नुपर्ने चलचित्र बनेको बताए । साथै उनले दर्शकले माया र साथ दिए ‘जादुगर-३’पनि निर्माण हुन सक्ने पनि बताए ।

त्यस्तै नायक शिव श्रेष्ठले चलचित्रको सफलताको शुभकामना दिंदै सबैलाई एक पटक यो चलचित्र हेर्नका लागि अनुरोध गरे ।
बिषेश अतिथी निर्माता तथा बितरक गोपाल कायस्थले पनि चलचित्र ‘जादुगर-२ जोकर’ अत्यन्त राम्रो चलचित्र बनेकाले बितरकको जिम्वेवारी पाउँदा आफुलाई खुसी लागेको बताए ।

दिनेश डिसीले सञ्चालन गरेको कार्यक्रममा गायीका सुनिता दुलाल, चलचित्र लेखक तथा  निर्देशक बिषेश पन्त,विश्वका होचा कलाकार दिपेन शाह, सुरेन्द्र केशी (मुलासाग)  लगायत ‘जादुगर-२ जोकर’ युनिट साथै पत्रकार र कलाकारहरुको बाक्लो उपस्थिीत रहेको थियो ।

चलचित्रमा ग्रामिण भेगवाटबाट राजधानि आएका युवायुवतीले भोग्दै आईरहेका समस्या र वास्तवीकता देखाईएको छ । विषेश पन्तको लेखन र महादेव त्रिपाठीको निर्देशनमा बनेकोे चलचित्र जादुगर-२ जोकर मधुर बस्नेतले निर्माण गरेको चलचित्र हो ।

चलचित्रमा महादेव त्रिपाठी, विश्वका होचा कलाकार दिपेन शाह, नवराज श्रेष्ठ,सुरेन्द्र केशी (मुलासाग),शिव शंकर रिजाल(जोगीन्दर)मेरी वास्सैकी अप्सरा, अन्जु थापा, राजेन्द्र गिरी (गुन्द्रुक साँधेर) विषेश पन्त, बिनोद राई, बाल कलाकार रिहानराज गिरी लगाएतको अभिनय रहेको छ भने यसै चलचित्रबाट सिम्पल खरेल र संगीता लामाले नव नायिकाको रुपमा चलचित्रमा डेब्यु गरेका छन् ।

 

प्रतिक्रिया