अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

सुरु भयो प्रथम स्वास्थ्य महोत्सव

बिआरटीनेपाल २०७३ माघ ८ गते ६:१५ मा प्रकाशित

नेपालमा पहिलो पटक आयोजित स्वास्थ्य महोत्सव सुरु भएको छ । निःशुल्क उपचार सेवा प्रदान गर्ने उद्येश्यले आयोजना गरिएको प्रथम स्वास्थ्य महोत्सव आजबाट झापाको मेचीनगरमा सुरु भएको हो ।

नेपाली काँग्रेसको आयोजनामा सुरु भएको महोत्सवको पहिलो दिन शनिवार ज्येष्ठ नागरिकका लागि विशेष उपचार सेवा प्रदान गरिने भएकाले स्वास्थ्योपचारका लागि सयौँको सङ्ख्यामा ज्येष्ठ नागरिक बिहानैदेखि साँझसम्म महोत्सवमा सहभागी भए ।

माघ १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा काठमाडौँ, पोखरा, विराटनगर, धरान, भद्रपुर, विर्तामोड र मेचीनगरका २५ वटा अस्पतालबाट आएका विशेषज्ञ चिकित्सक सहितको टोली उपचारमा खटिने छन् ।

२५ हजारलाई निःशुल्क उपचार सेवा पु¥याउने लक्ष्य राखिएको महोत्सवमा महोत्सवमा ‘रोग अनुभव र अनुभूति’ विषयक छलफल लगाएतका कार्यक्रम रहेको महोत्सवमा सेवाग्राहीको बढेको भीडलाई व्यवस्थापन गर्न स्यमंसेवकको रुपमा तरुण दलका कार्यकर्ता परिचालित गरिएको साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि ब्यवस्थापनका लागि सहयोग गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू