अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

नवक्रिसको नयाँ कोसेली ‘पठाएको छु फुल..’सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ ८ गते ०:१४ मा प्रकाशित

बिसं २०४३ मा रेडियो नेपालको स्वर परिक्षा पास गरेर गायनमा होमिएका गायक, गीतकार तथा संगीतकार नवक्रिस पंचकोटीको नयाँ गीत ‘पठाएको छु फुल..’ भिडियो सहित सार्वजनिक भएको छ ।

भिडियोमा पुजा पंचकोटीका साथमा डेबिट र गौरी करले अभिनय गरेका छन् । प्रेम झल्किएको गीतको भिडियो पनि त्यस्तै आकर्षक बनेको छ । शब्द शब्दमा खेलेर निर्माण गरिएको भिडियो पुजा पंचकोटी र बिरोनले निर्देशन गरेका हुन् । यसको छायाँकन अष्ट्रेलिया र युरोपको बिभिन्न स्थानमा गरिएको छ ।

भिडियोलाई दर्शकले मन पराउने अपेक्षा गायक नवक्रिसको रहेको छ । गीतका गायक क्रिसलाई गायिका सुजाता सेन्चुरीले स्वरमा साथ दिएकी छन् ।

गीतका संगीतकार एरेन्जर रुपक कुमार सहिसमुदा हुन् । गीतमा शब्द गायक नवक्रिसकै रहेको छ । नवक्रिसले यसअगाडी तीन एल्बम बाहिर ल्याएका छन् । जसमा उनको अलवा अञ्जु पन्त, जुना प्रसाई , अन्जना गुरुङ र इन्दिरा जोसी जस्ता गायिकाको पनि स्वर रहेको थियो ।

 

प्रतिक्रिया