अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 22:14

बगैचाबाट काठ बरामद

बिआरटीनेपाल २०७३ माघ ६ गते ५:१० मा प्रकाशित

सशस्त्र प्रहरीले बाँकेमा बेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको छ । सशस्त्र प्रहरीले बाँकेको हिरमिनिया ७ लोहारनपुर्वा गाउँस्थित बगैचाबाट ५० हजार मुल्य बराबरको काठ बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरको नेतृत्वमा खटिएको गस्ती टोलीले १० क्युफिट सालको गोलिया बरामद गरेको हो ।

चिरान गर्नका लागि तयारी अवस्थामा राखिएको उक्त काठ बरामद गरी आवश्यक अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक कुँवरले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू