अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

गायक पर्शुराम रिजालको ‘काठै खायो धमिरैले’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ ६ गते २:५३ मा प्रकाशित

गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो ‘काठै खायो धमिरैले, पातै खायो किरैले’ सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठका शब्द सृजनामा राजनराज शिवाकोटीले संगीत भरेको काठै खायो धमिरैले को भिडियोलाई भाइब्स क्रियसनले बजार ब्यबस्थापन गरेको हो ।

मुख्यतया युवापुस्तालाई लक्षीत गरेर बनाइएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भने भिडियोमा पुष्पल खड्का र केकी अधिकारीको अभिनय रहेको छ ।

राजधानीको त्रिभुवन पार्कमा छाँयांकन गरिएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।

गायक पर्शुरामले यो भन्दा अघि ‘कृति’ एल्बम बजारमा ल्याएका थिए । त्यसपछि उनले ‘काव्य’ बजारमा ल्याए । अहिले भने उनी सिंगल ट्रयाकका साथ संगीतप्रेमीका माझ आएका हुन् ।

प्रतिक्रिया