अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

चिया बेच्ने अभियानमा लागेका भुवन्त डेउडा गीतको अभिनयमा देखिदैं

बिआरटीनेपाल २०७३ माघ ५ गते २२:२४ मा प्रकाशित

हास्य टेलिश्रृखंलाहरुमा केहि समय यता देखिदैं आएका भुवन्त धामी अब देउडा तथा दोहरी गीतको म्युजिक भिडियोमा पनि देखिने भएका छन् । गायक नवराज बिष्ट र दिपा रोकायाको आवाजमा रहेको सुदुरपश्चिमेलि देउडा गित “रुनु रहेछ” मार्फत भुवन्त म्युजिक भिडियोमा पनि देखिने भएका हुन् ।

कञ्चनपुरको विभिन्न प्रसिद्ध स्थलहरुमा छायांकन सम्पन्न गरिएको उक्त गितको भिडियो केहि समयमै बजारमा आउने तयारीमा रहेको बताईएको छ । निर्माण युनिटका अनुसार निक्कै नै मेहनत गरेर यो भिडियो निमार्ण गरिएको छ । सु.प. कलाकार संगम मञ्चको ब्यानरमा निर्मित उक्त म्युजिक भिडियोमा निर्देशन र छायांकनमा पनि नयाँ अनुहारहरु डेब्यु गर्दैछन् ।

सुदूरपश्चिमको दार्चुला जिल्लामा जन्मिएका भुवन्त यस अघि दार्चुलामा बिभिन्न सामाजिक अभियानमा पनि संलग्न थिए । त्यहाँका बालबालिकाहरुको पढाईका लागि एक कप चिया बेच्ने अभियान, कला तथा संस्कृति संरक्षण अभियान आदिमा उनको सक्रियता थियो ।

प्रतिक्रिया