अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

सडक बालकबाट सेनका लेसनायकको हत्या

बिआरटीनेपाल २०७३ माघ ५ गते २१:३२ मा प्रकाशित

धनमाल लुट्न सडक बालकको एक समुहले काठमाडौंको बाफलमा नेपाली सेनका लेसनायकको हत्या गरेको छ । सेनामा लेसनायक पदमा कार्यरत यूवराज घिमिरेको गत पुस २७ गते बेलुका ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न अभियोगमा तीनजना र उनीहरुबाट चोरीको मोबाइल किन्ने एकजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको  हो  ।

प्रहरीका अनुसार खाजा खाने पैसा नभएपछि उनीहरुले लुट्ने योजना गरेका थिए । राती ११ बजेतिर घिमिरे एक्लै हिडिरहेको देखेपछि उनीहरुले लुट्ने प्रयास गरे । तर प्रतिकार भएपछि ४ जना मिलेर ढुंगाले हानेर लडाएका थिए । लडाएपछि घिमिरेसँग भएको मोबाइल, ल्यापटप लगायत धनमाल लुटेका हुन् । पक्राउ परेकाहरु लागुऔषध दुव्र्यसनी भएको प्रहरीको भनाइ छ ।आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू