अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

तराई आइडल तथा एक्टिङ कम्पिटिसन् बिजेता आरती ओझा ‘बाख्रा स्टाईल’बोलको गीतले चर्चामा

बिआरटीनेपाल २०७३ माघ ५ गते २:२२ मा प्रकाशित

‘तराई आइडल’ तथा ‘एक्टिङ कम्पिटिसन्मा पहिलो उपाधि जितेकी झापाकी आरती ओझा यतिखेर पुर्वमा निकै चर्चामा रहेकी छन् । आरती २०७३ सालको उक्त कम्पिटिसन्मा पहिलो भएकी उनि कमेडी गायक श्रीकृष्ण लुईटेलको “बव्लु” एल्वममा समावेशे “यो हो बाख्रा स्टाईल”बोलको गीतले चर्चामा आएकी हुन् ।

पुर्वमा बालकदेखि युवायुवतीको मुखैमा बाख्रा स्टाईल बोलको गीतले डेरा जमाएको । आरती भन्छिन् , बाटोमा हिड्दामा यो बाख्रे स्टाईल भनेर जिस्क्याउछन् । उन्ले कुरा थप्दै भनिन् यसरी चर्चामा आईएला भनेर सोचेकी थिईन् ।

उनलाई यतिले मात्र चर्चामा पुर्याएको भने होईन । हिमशिखर टेलिभिजनबाट प्रसारित “स्टुडेन्ट”सिरियलमा प्रमुख नायिकाको भुमिकामा खेखिए पछि उन्को थप चर्चा चुलिको हो । एक्टिङ कम्पिटिसनबाट छानिएकी आरतीलाई यस सिरियलमा निर्देशक ज्ञानेन्द्र कोईरालाले प्रवेश गराएका हुन् । आशाको भुमिकामा प्रस्तुत भएकी आरती उनको बोल्ने शैलीले गर्दा “स्टुडेन्ट”सिरियलमा चर्चामा आएकी हुन् ।

नेपाली चलचित्रमा खेल्न कति निर्देशक ,निर्माताहरु आउनुहुन्छ तर स्क्रिप चित्त नबुझेर खेल्दिन भनेर फर्काएको छु ,आरती भन्छिन् । फिल्म खेल्नकै लागी भनेर यो क्षेत्रमा आएको हुँ ,राम्रो स्क्रिप पाए भने फिल्म खेल्छु । उनि अर्को सिरियल र आधा दर्जन म्युजिक भिडियोमा अनुवन्धित भईसकेकि छिन् ।

प्रतिक्रिया