अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

चन्द्रकला र रेवतको ‘सोल्टी हजुर’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ ३ गते ७:३१ मा प्रकाशित

सञ्चारकर्मी समेत रहेकी गायिका चन्द्रकला राईको दोस्रो एल्बम ‘सोल्टी हजुर’को शीर्ष गीत सार्वजनिक भएको छ ।  गायिका राईकै शब्द रहेको ‘सोल्टीनि ज्यू सोल्टीनी ज्यू भन्दिउ कि आइ लभ यु’ बोलको गीत गायीका राई र रेवत राईको आवाजमा सार्वजनिक भएको हो ।

गीतमा भीषण मुकारुङको सङ्गीत र सागर सन्सार राईले एरेन्ज रहेको छ । नेत्र किरातीले निर्देशन गरेको गीतको भिडियामा सुमन, कोपिला, र शेर बहादुर फिचरिङ छन् । भिडियोलाई शिर कुमार साङपाङले खिचेका हुन् ।

चन्द्रकलाको ‘सोल्टी हजुर’ एल्बमका अन्य गीतमा प्राज्ञ गणेश रसिक, दीपक शर्मा र पारस मुकारुङका संगीत रहेछन् । भोजपुर जिल्लामा बसेर पत्रकारिता तथा सांगतिक क्षेत्रमा लागिरहेकी राई केही दिनमै एल्बम सार्वजनिक गर्ने तयारीमा रहेकी छिन् ।

प्रतिक्रिया