अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

‘इन्टरनेशलन फिल्म फेस्टिबल’मा कालो पोथी बेस्ट फिल्म

बिआरटीनेपाल २०७३ माघ २ गते २१:१९ मा प्रकाशित

इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल २०१७ मा अन्तराष्ट्रिय विधा तर्फ गौतम बुद्ध बेस्ट फिक्सन फिल्म अवार्ड चलचित्र कालोपोथीले जितेको छ । विभिन्न सात देशका नौ ओटा चलचित्रलाई पछि पार्दै मिन बहादुर भामद्धारा निर्देशित कालोपोथी बेस्ट फिक्सन फिल्म बन्न सफल भए संगै यो फिल्मले ट्रफी सहित एक हजार अमेरिकी डलर जित्यो ।

अखिल नेपाल चलचित्रकर्मी संघद्धारा धरानमा आयोजित पाँच दिने सो महोत्सब आईतबारबाट सकिएको छ । महोत्सबमा इन्टरनेशलन डक्युमेन्ट्री तर्फको पाँच सय डलर सहितको बेस्ट एभेरष्ट अवार्ड रसियन बृत्तचित्र ब्लाँक सिटले जितेको छ । यो बृत्तचित्रकी निर्देशकको दैनिकीको आधारमा यसलाई तयार गरिएको थियो ।

यस्तै इन्टरनेशलन सर्ट फिल्म तर्फको तीन सय अमेरिकी डलर सहितको बेस्ट रारा अवार्ड भारतको सामुदायिक लघू चलचित्र जादुई मछ्लीले हाँसिल गरेको छ । स्थानीय माझी समुदायले माछा मार्दै आएको नदीलाई ठेक्कामा लगाएपछि त्यसको बिरुद्ध उनीहरुले गरेको सँघर्ष सहित समेटिएको यो लघू चलचित्र तीनै माझी समुदायले निर्माण गरेका थिए ।

यस्तै नेपाल पानोरमा तर्फको अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड बालकृष्ण समले हाँसिल ग¥यो । दिनेश पाल्पाली निर्देशक निर्देशित यो चलचित्रले ५० हजार रुपैयाँ सहित श्रीजँगा अवार्ड जित्यो । यस्तै नेपाल पानोरमा तर्फको उत्कृष्ट बृत्तचित्रको अवार्ड सचिन घिमिरे र गौरब केसी निर्देशित बृत्तचित्र म अलप हुन चाहन्छुले जित्यो । मानवशास्त्री डोरबहादुर बिष्टको जीवनीमा आधारित यो चलचित्रले ३० हजार रुपैयाँ सहित रामप्रसाद राई अवार्ड हाँसिल गर्यो । नेपाल पानोरमा तर्फ नै २० हजार रुपैयाँ राशी सहितको चतुरमान राजबँशी उत्कृष्ट लघू चलचित्रको अवार्ड सेनाङ ग्याम्जो तामाङ निर्देशित लघू चलचित्र झालोले जित्यो । यो लघू चलचित्र हिँसा गर्नु हुन्न भन्ने बुद्धसन्देशमा केन्द्रित थियो ।

सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले यस्तो अन्तराष्टिय चलचित्र अवार्डले चलचित्र सँस्कृति आदन प्रदानमा सहयोग पुग्नुका साथै चलचित्रको विकाश हुने विश्वास व्यक्त गरे । पूर्वको सुन्दरनगरी धरानमा चलचित्र महोत्सब आयोजना गरे गरेर अखिल नेपाल चलचित्रकर्मी संघले स्थानीय दर्शकलाई विभिन्न देशका चलचित्र हेर्ने अबसर दिलाएको बताए ।

महोत्सबका स्थानीय संयोजक एवं चलचित्र निर्देशक दीपक श्रेष्ठले धरान चलचित्र कला संस्कृतिको शहर भएकाले पहिलो अन्तराष्टिय महोत्सब धरानमा गरिएको जानकारी गराए ।

यस्तै महोत्सब आयोजक सँस्था अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केपी पाठकले प्रदेश नम्बर १को धरानबाट सुरु गरिएको यो महोत्सबलाई सात बर्ष भित्र मुलुकका सात ओटै प्रदेशमा आयोजना गरिने जानकारी गराए । महोत्सबमा विभिन्न १६ देशका ४८ चलचित्र सहभागी भएको र यसबाट नेपाली चलचित्रकर्मीले अन्तराष्टिय चलचित्रबाट सिक्ने अबसर पाएको जानकारी गराए ।

२७ पुषबाट सुरु भएको पाँच दिने यो महोत्सब २ माघबाट अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ ।

प्रतिक्रिया