अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

हिमपातका कारण बझाङका ४ सय ९१ बिद्यालय बन्द 

बिआरटीनेपाल २०७३ पुष २८ गते ०:०७ मा प्रकाशित

हिमपातका कारण बझाङका ४ सय ९१ बिद्यालय बन्द भएका छन् । चीसो मौसमका कारण विद्यार्थीलाई समस्या हुन थालेपछि बझाङका प्रावि २ सय ९५, निमावि ८४, मावि ४० र उमावि ३९ तथा निजी ३३ विद्यालय गरी ४ सय ९१ विद्यालय बन्द भएका हुन् ।

हरेक बर्ष हिमपातका कारण बिद्यालय बन्द गर्नु पर्ने बझाङ जिल्लाका बिद्यालयहरु अघिल्ला बर्षहरुमा भन्दा यो बर्ष छिट्टै बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

बन्द भएका सरकारी तथा निजी बिद्यालयहरु माघको अन्तिममा मात्रै खुल्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू