अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

छक्का पञ्जाको ‘देख्न चम्पा’ पछि शान्तिप्रियको अर्को नयाँ गीत सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष २६ गते ९:३४ मा प्रकाशित

पछिल्लो समय फिल्म छक्का पञ्जाको देख्न चम्पा बोलको गीत मार्फत चर्चामा आएका गीतकार शान्तिप्रियको नयाँ गीत ‘मत माया गर्ने मान्छे’ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ भने यसमा स्वर प्रमोद खरेलले दिएका हुन् ।

सन्दिप शाही र अनामिका चौलागाईं फिचरीङ भएको यस गीतलाई निर्मल शर्माले निर्देशन गरेका हुन् ।

’हामीले गीतमा चोखो माया गर्ने मान्छेलाई धोखा दिएपछी आउने अवस्थालाइ देखाएका छौ’ निर्देशक शर्माले गीतको कथाको बारेमा बताए ।

यता गीतकार शान्तिप्रिय पनि मायालाई मुल्यमा तौलिन नहुने बताउछन । ’माया गर्ने मान्छेसंग कति मुल्य छ भन्दा पनि कस्तो मन छ भन्ने हेर्नु पर्छ , यसै भावलाई गीतमा उतारेको छु’ शब्दकार शान्तिप्रियले गीतलाई प्रस्ट्याए ।

गीतमा सिनेमाटोग्राफी सुदिप बरालको छ भने टेकेन्द्र शाहले यसलाई सम्पादन गरेका हुन् । गीतलाई निर्माण कम्पनि छायाँछवि क्रियसनको युट्युब एकाउन्ट मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया