अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

परराष्ट्रमन्त्री महत कतार हुँदै एनआरएनको कार्यक्रमको लागि डालास आउँने

बिआरटीनेपाल २०७३ पुष २५ गते २१:२४ मा प्रकाशित

काठमाडौँ, पुस २६ गते । कतारका विदेशमन्त्री सेख मोहम्मद विन अब्दुलरहमान बिन जसिम अल–थानीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत मङ्गलवार त्यसतर्फ जाँदै हुनुहुन्छ । तीनदिने भ्रमणका क्रममा उहाँले आफ्ना समकक्षीसँग बुधवार दोहामा द्विपक्षीय भेट गर्नुहुनेछ । परराष्ट्रमन्त्री डा. महतले कतारका अमिरसँग भेट गर्नाका साथै त्यहाँका श्रममन्त्रीसँग पनि छलफल गर्नुहुनेछ ।

मन्त्री डा. महतले दोहामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीका साथ सचिव शङ्करदास बैरागी, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव र परराष्ट्र मन्त्रालयका अन्य अधिकारी रहनुहुनेछ । मन्त्री डा. महत त्यहाँबाट गैर आवासीय सङ्घ अमेरिकाको पाँचौँ साधारणसभामा प्रमुख अतिथिका रूपमा भाग लिन बिहीबार अमेरिकाको डालास आउनु हुनेछ । उहाँ आगामी माघ ३ गते स्वदेश फर्कनु हुनेछ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू